[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आमा छोरा को पत्र। कमल थापा र धर्ति थापा ।
[VIEWED 10113 TIMES]
SAVE! for ease of future access.
Posted on 03-29-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमा को पत्र छोरा लाइ

कमल थापा
गृह मन्त्रि
निरंकुश सरकार माघ १९
हुन त तिमि पनि मेरो सन्तान नै हो । तर आज सन्तानको रुपमा मात्र सम्बोधन गर्न मनले मानेन । त्यसैले तिमिले सारा जनताको आंखामा छारो हालेर कसैको जुत्ता चाटेर जुन पद पाएका छौ सायद त्यहि पदको रुपमा सम्बोधन गर्दा तिमिमा अथाह आनन्द आउंछ होला भन्ने लागेर मैले तिमिले पाएको चाकरीको पदवाट नै सम्बोधन गरेको छु । सायद यसले त्रि्रो त्यो मुसे मुहारमा पक्कै हासोको रेखा कोर्न सफल हुन्छ होला ।
खोइ कहांवाट यो पत्र शुरु गरौं । मनमा हजार बेदनाहरु रुमल्लिइरहेका छन् । गल्ति मेरो नै हो । गल्ति मेरो कोखको नै हो । थाहा थिएन । यसरी प्रसव वेदना सहेर पनि दिएको जन्म आज आएर मेरो लागि अभिसाप बन्ने छ भन्ने । थाहा थिएन मेरो कोखवाट शुरु भएको एक जीवनले सारा नेपालीलाइ दुख दिने छ भन्ने । यदि यत्ति थाहा पाउन सकेको भए पक्कै पनि त्यो भ्रृणलाइ आजको यो विकसित रुपमा आउन म पक्कै दिने थिइन । कसैले मेरो यो कोखलाइ आज यसरी सराप्ने त थिएनन् ।
तिमिलाइ जन्म दिंदा र अन्यलाइ जन्म दिंदाविचको पिडामा कुनै अन्तर थिएन । मैले अरुलाइ जन्मदिंदा जत्ति पिडा खपेको थिए तिमिलाइ जन्म दिंदा सायद त्यो भन्दा बढि नै पिडा पाएको मेरो अनुभव छ । लाग्थ्यो किन तिमिलाइ जन्म दिंदा बढि पिडा भयो । त्यो अहिले आएर पंष्ट भयो । त्रि्रो जन्म अरुलाइ पिडा दिंन नै भएको रहेछ ।
अहिले तिमि विद्धान बनेका छौं । तर विर्सियौ मैले सिकाएको क ख को भरमा नै तिमिले केही ज्ञान पाएका हौं । यदि मैले सिकाएको त्यो ज्ञान तिमि आफ्ना दाजु भाइको रगको खोलो बगाउनमा खर्च गर्ने छौं भन्ने मैले अनुमान सम्म पनि गर्न पाएको भए म त्यो गल्ति गर्ने प्रयास पक्कै गर्ने थिइन ।
आज त्यहि चेतनाका भरमा सारा जनतालाइ भ्रममा राख्नको लागि आफ्नो ज्ञान खर्च गरिरहेका छौं तिमि , माघ १९ जस्तो कालो दिन स्वर्ण दिन हो भनेर सबैको अगाडि झुट बोल्दै हिडेका छौं तिमि । तिमिले सबैलाइ ढाट्न त सकौंला तर यो आमालाइ पनि ढाट्न सक्छु भन्ने भ्रम कहांबाट पलायो कमल ।

तर सबै सन्ताको बराबर माया भए झै मलाइ लाग्थ्यो तिमि यो देशको सेवा गर्ने छौ आफ्ना दाजु भाइको सेवा गर्ने छौं । एक असल छोरा बन्ने छौं । तर यि सब मेरा भ्रम मात्र रहेछ । तिमि त मेरो कोखवाट जन्मिएको देशको विकासको लागि समस्या समाधानको लागि एंेजेरु पो रहेछौं ।
हेर त बालककालमा त त्रि्रो मुहारमा यहि माटो मात्र लत्तपत्तिएको हुन्थ्यो । त्यो पनि म बढो मायाले सफा गरिदिन्थे । कपडामा लागेका दागहरु बढो मेहनतसाथ धोएर दागहरु सफा गरिदिन्थे ।
तर, अहिले हेर त त्रि्रो मुहारमा रगतका दागहरु लत्तपत्तिएका छन् । आफ्नै दाजुहरुको रगतले तिमीले लगाएका कपडा दागमय बनेका छन् । त्रि्रो आतहरु रगतमय बनेका छन् । तर, बाल्यकालमा सानो दाग लाग्दा पनि रुने तिमि आज सारा शरीर रगतका टाटामय बन्दा पनि तिमिमा कुनै संकोच छैन, तिमि अझ मन्द मूस्कानका साथ हिडिरेका छौं । कुनै नाङ्गो बादसाहलाइ कुनै लाज नभए झै तिमि पनि निर्लज्ज पो भएछौं ।
तिमि बाल्यकालमा कमल जस्तै कोमल बन्ने छौ भन्ने भ्रममा परेर त्रि्रो नाम कमल राखिदिएको थिए । तर अंह म भ्रममा रहेछु । तिमि कमल हैन कांडा पो रहेछौ त्यो पनि विशालु काडा जस्ले घोचेपछि विस्तारै शरिर गलाउंदै मृत्युको मुखमा लैजान्छ ।
तर, के गर्ने अब तिमिले बाटो विराइ सकेका छौं । मलाइ लाग्छ तिमिले बाल्यकालमा राक्षसहरुको कथा सुन्नमा बढि जोड दिनुको कारण तिमि भोलिका दिनमा राक्षस बन्न चाहना राख्ने रहेछौं । थाहा छैन कतै मेरो त्यो कथाको प्रभावले नै तिमि विस्तारै मानववाट राक्षस बन्दै जान लागेको त हैनौं ।
मलाइ थाहा छ अब तिमिलाइ सम्झाउनु पनि ब्यर्थ त तिमिले मेरो रगतले नुहाउन पनि पछि पर्ने छैनौं भन्नेमा ममा कुनै भ्रम छैन । तर के गर्ने आमा मन हो मान्दैन । त्यसैले मात्र लेखेको हुं । यदि अझै पनि आमाको लाज राख्न सक्छौं । छोडिदेउ राक्षसहरुको संगत आउ जनताको अधिकार संरक्षणका लागि । आज सडकमा आउ र जनताको हांसोले त्रि्रो मुहारमा लागेको त्यो रगतको दाग मेटाउ। आउ कमल आउ
उहि तिम्रि आमा
धर्ती थापा
 
Posted on 03-29-06 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमल थापा को जवाफ आमा लाइ

आदरणीय माता
दण्डवत सेवा ढोग छ ।
म याहाँ माइला दाइको कृपाले आजका मितीसम्म आरामै छु र त्यहाँ तपाँइ पनि माइली भाउजुको कृपाले आरामै हुनु हुन्छ भन्ने आशा गरेको छु । धेरै लामो समय पछाडी तपाँइको पत्र पढ्न पाउँदा साह्रै खुसी लाग्यो साथै अली कती दुखी पनि भएँ । दुखी यस अर्थमा कि तपाँइले मेरो काम गराइको शैलीलाइ राम्रो सँग बुझ्नु भएकै रहेनछ । सायद तपाँइलाइ छर छिमेकी हरुले भड्काए जस्तो लाग्यो । मेरो बारेमा भए नभएका कुराहरु सुनाए जस्तो लाग्यो । आमा सत्य त्यस्तो कदापी हैन । तपाइको नाम मा दाग लाग्ने काम मैले कदापी गरेको छैन र गर्ने पनि छैन । तपाई लाइ थाहा छँदैछ यो कलीयुग हो , कलीयुगमा पनि द्धापर र त्रेता युग जस्तो खोजेर त हुँदैन नि कि कसो ? मैले यत्रोवर्ष राजनिती गरेको आखीर गंगामा लगेर सेलाउन पनि त हैन नी । माइला दाइ ले देस हाँक्ने सुर कसेको देखेपछी मैले पनि धेरै सोचें के गर्ने ? कसो गर्ने भनेर । एक पटक त लोकतन्त्रको वकालत गर्दै सडकमा जाउँजस्तो पनि नलागेको हैन तर अन्य सबै पार्टी माइलादाइको बिरोधमा गएपछी मैले फेरी सोचें सबै कुकुर काँशी गए केले खाल गुहु भन्ठानेर अरुहरु सँग काँशी नजाने निधो गरें । यो राजनिती हो आमा , राजनितीमा हरेक कुरा जाएज हुन्छ । त्यसपछी माइलादाइको छत्र छाँया मा हुकने मौका राम्रैसँग पाएँ । आज हेनुस त तपाँइको छोरो कहाँ बाट कहाँ पुगिसक्यो ? पहिल हेटौंडाकै मान्छेले चिन्दैनथे तर आज तपाइको यो छोरोलाइ दुनियाले चिन्दछ । तपाँइको जमाना र यो जमानामा धेरै फरक भएको छ आमा । सँधैभरी पुराना कुरालाइ मात्र आत्मासाथ गरेर त हुँदैन नि । हेनुस अहिले तपाँइको छोरा को हैसियत कहाँ बाट कहाँ पुगेको छ ? पहिला त्यै हेटौंडा बाट काठमाण्डौ आउन लाइ पैदल आउनु पर्थ्यो , त्यसपछी साझा बसमा , त्यसपछी प्राइभेट कार मा हुँदा हुँदा अहिले त हेलिकप्टर मा आउन थालेको छु। यसैगरी माइला दाइको कृपादृष्टी भइरह्यो भने ब्यक्तिगत प्लेन मा पनि आउन सक्छु । तर्सथ तपाइले त माइला दाइको पुजा गरे हुन्छ । कुरा काट्ने हरुलाइ काट्न दिनुहोस । जो आफु केहि गर्न सक्दैनन उनिहरु अरुहरुले गरेको पनि देख्न सक्दैनन ।
सानो छँदा तपाँइले भन्नुहुन्थ्यो मलाइ “बाबु कमल, राजा भनेका देउता बराबर हुन्छन तर्सथ हाम्रो देशका राजालाइ हामीहरुले बिष्णु भगवान सम्झनु पर्छ र राजाको पुजा गर्नु पर्छ । तपाँइले भनेको कुरा त आज आएर पो मैले बुझें । सँच्चै हो रहेछ आम राजा भनेका विष्णु भगवान नै हुन रहेछन । तर्सथ आज अली बुझ्ने भएर म तपाँइको बिष्णु भगवानको पुजा पाठ गरें त के गल्ती गरें ? तपाँइले मलाइ रगतको खोलो बगाइस भनेर आरोप लगाउनु भएको देख्दा साह्रै दुख लागेर आयो । मैले कहाँ रगतको खोलो बगाएको छ र आमा ? तपाँइ पनि त कैले दिवाली , कैले दुगा पुजा भन्दै कुखुरा, बोका, पाठी, परेवा हरुलाइ काट्दै रगतको वली चढाउनु हुन्थ्यो नि हैन र ? रगत भनेको रगत हो आमा त्यो कुखुरा होस , वोका होस परेवा होस अथवा मान्छे नै किन नहोस । तपाँइको यिनै रगतको वली चढाउने कार्य बाट उत्साहीत भएर मैले पनि अली अली थालनी गरेको मात्रै हो । फेरी तपाँइको कुल देवता, दुर्गा ले सँधै बोका, पाठी, परेवाको रगत माग्थीन
त्यै भएर तपाँइ तिनीहरुको रगत चढाउनु हुन्थ्यो तर मेरा बिष्णु भगवानले त खाली मान्छेको रगत नै माग्ने भएको हुदा मान्छेको बली चढाउन विवश छु । मेरो बिष्णु भगवान लाइ मान्छेको रगत साह्रै मन पर्दो रहेछ त्यै भएर आजभोली हरेक दिन मान्छेको बली चढाउँदै छु र पहिलाको भन्दा आजभोली मेरो विष्णु भगवान साह्रै खुसी पनि हुनुभएको छ । राजनितीको कुरा गर्नु पर्दा पनि त्यस्तो नराम्रो राजनिती मैले गरें जस्तो त लाग्दैन । राजनिती भनेकै यस्तै हो कहिले कता कहिले कता । यो राजनिती गर्ने उक्साउने र सिकाउने पनि त आखीर तपाँइनै हो नि हैन र ? सानो छँदा हरेक दिन मलाइ महाभारतको कथा सुनाउने तपाँइनै त हो नि । पाण्डव , कौरव , धृतराष्ट, भिष्म पिताम्मह, गुरु द्रोण, कपटी सकुनि ,घमण्डी दुर्योधन, जाली कृष्ण, हस्तिनापुरको कुरुक्षेत्र को बारेमा सुन्दा सुन्दा म पनि राजनिती गर्न लागेको त हो नि । राजनितीमा गधालाइ पनि कहिले काँही बाउ भन्नु पर्दो रहेछ त्यै भएर आजभोली म पनि गधालाइ बाउ बनाइ रहेको छु । पावर हउन्जेल हो उफ्रने पाफ्रने त्यसपछी थेच्चारिन त छँदै छनि । सोझो औंलाले कहिल्यै घिउ आँउदैन भन्ने तपाँइनै त हो नि हैन र आमा ? सोझो भएर बस्ने हुँदा देउवाले त्यत्रो महिना जेलमा बसेको देख्नु भएन ? प्रधान मन्त्री हुने सपना बुन्दा बुन्दै “उडायो सपना सबै हुरीले” भन्दै ककनी तिर बसैं सराइ गरेका माधवलाइ देख्नुभएको छैन ? स्वच्छ छवी भएको भन्दै रातारात प्रधान मन्त्रि भएका हाम्रै बुढा नेताहरु कसरी केहि महिनामै स्वच्छ छविमा दाग लगाउन पुगे देख्नु भएन ? यो सत्य बोल्ने युधिष्टीरको युग हैन आमा, यहाँ हरेक पल सत्यको हार हुन्छ र असत्यको जित हुन्छ । मलाइ धर्मराज युधिष्टीर बन्नु छैन । जमाना गुलामीको हो , गुलामी गर्न देखी के को लाज ?हेर्नुस त गुलामी गरे पनि चप्पलनै चाटेपनि अहिले देशको हिरो म नै छु क्या रे ? भोली माइला दाइलाइ अरुहरुले लखेटेछन भनेपनि म त आखीर लोकतन्त्र बादी नै हो क्या रे । फेरी पार्टी झण्डा बोकेर लोकतन्त्रको वकालत गरिहाल्छु । लोक तान्त्रिक पर्टी छँदैछ अझै पनि । माइलादाइको शक्ति हउन्जेल यता मोज गरौंला त्यसपछी त फेरी उहि पुरानो घर छंदैछ । हद्दै गर्नुपरे विगतमा भएका गल्ती कमीकमजोरी हरु प्रती सबै सँग माफी माग्दछु भनेर एउटा विज्ञप्ती निकाले पछी त सुनपानी ले र्छर्किए जस्तै चोखो भै हालिन्छनी हैन त ? लौ त आमा धेरै कुरा के लेखौं । गाँउलेका कुराहरु सुनेर आफ्नो यो सोझो छोरा माथी नराम्रो नसोच्नु होला । विष्णु भगवान र म मिलेर यो देशलाइ एउटा मन्दिर बनाउने योजनाका साथ लागीपरेका छौं यो कार्यको लागी आशिर्वाद दिनुहोला । देशलाइ मन्दिर बनाउने यो महान कार्यमा कुखुरा , बोका , परेवा ,को बलीले मात्र क्यै नहुने भएको हुदा विष्णु भगवानको सल्लाह अनुसार हरेक दिन मान्छेको वली चढाउँदै छौं र अन्तिम समय सम्म चढाइरहने छौं । यदी सक्नुहुन्छ भने तपाँइ पनि आफ्नो पुजा कोठामा विष्णु भगवानको फोटो झुन्डाउनु होला र हरेक दिन पुजा गनु होला । लौ त आमा बाँकी अर्को पत्रमा । अहिलेलाइ आज्ञा दिनुहवस भन्दै यत्तिकैमा कलम बन्द गर्दर्छु ।
उहि तपाँइको छोरा
कमल
गृह मन्त्रालय ,
सिंहदरबार , काठमाण्डौ ।

 
Posted on 03-29-06 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very good article, keep it up
 
Posted on 03-29-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सानो कान्छो सँग पनि नसकिनि भो अब
उता फिल भएँ भन्दै थियो यता कति राम्रो चिट्टी लेख्न भ्याएको गठेँ
राम्रो छ कोशीस् गर्दै गर्नु ल
फिल भएको पिरले कता हिंडेछ भनेको ता कति राम्रो चिट्ठी सङ्कलन गरेछ
धेरै राम्रो छ

स्याबास !!!!!!!!!!!!!!
 
Posted on 03-29-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeah good going Kanchha !!!
 
Posted on 03-29-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यो सनु कान्छा जाच मा चिट्ठी लेख्दै रैछ अनि कता बाट पस्स् हुन्छ त । कान्छा मैले भन्देको छु है फेरी अर्क बर्ष पनि तेही क्लस्स् म बस्नु पर्ल नि है ।
 
Posted on 03-29-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kanchho kina fail bhayo bhaneko ta neta banna lageko rahechha ani fail hunna ta . mastari ko baini sani kanchhi lai takeko chha ni k padthyo ... maile suneko kura hai gamle haru
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters