[Show all top banners]

kattu tiwari
Replies to this thread:

More by kattu tiwari
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिछोडको पिडा
[VIEWED 6987 TIMES]
SAVE! for ease of future access.
Posted on 03-15-22 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३ वर्षको अन्तरालमा मेरो अबिभाबग अम्रिका आउनु भयो , यो पालाको बसाई लामै भयो लगभग ३ ४ महिना नै भयो । अब वहाहरु जाने दिन नजिकिदै छ । वहाहरु यहाँ बस्दा सामान्य जस्तै लाग्थ्यो तर जब वहा जाने दिनहरु गन्न सुरु हुन थाल्यो मनमा तिक्तता, खिन्नता र खालीपनको महसुस हुन थाल्यो । संगै बस्दा सानो तिनो कुरामा साधारण भनसुन, ठाकठुक हुने नै भयो, तर ऐले समझदा किन बेक्कारमा वहा हरु संग ठुलो स्वोरले बोले होला भन्ने कुराले ग्लानी हुन्छ । वहाहरुलाइ एरपोर्टमा बिदाई गरेर आए पछि घरमा हुने सन्नाटाको कल्पनाले सम्म मनमा तिक्तता आउछ । वहाहरु ३ ४ महिना बसुन्जेल घरमा सन्नाटा कहिले छाएन, सधै गाईगुइ, सान्तिनो हो हल्ला , वहारूहरुकै लागि भए पनि कहिले फ्रीजको बासी खानु परेन, वहाकै लागि भए पनि you tube tv मा नेपाली समाचार, कार्येक्रम हेर्ने गरिन्थ्यो । पुरानो थियो, थोत्रो थियो तर घर साचै घर जस्तै भएको थियो ।

केहि दिन पछि वहाहरु लाई बिदाई गरेर एरपोर्ट बाट एक्लै फर्किनु पर्ने छ । घर छिरे पछि त्यो होहल्ला सुनिन पाइने छैन । घरमा BMC , नेपाली मसलाको सुगन्ध बिरलै सुघ्न पाईने छ। बच्चालाइ घरमा छोडेर एक्लै निस्फिक्री हिड्न पाईने छैन । You toube का search history मा असरल्ल नेपाली कार्यक्रमका लिस्टले वहाहरूलाई खोजि रहने छ । बाउ आमाका केहि कपडा र अन्य सामान घरमा छन् , उनीहरु गए पछि तेइ कपडा र सामान मीलाउदा फेरी उनीहरुको सम्झनामा मन भारी हुने छ ।

मलाई ३ हप्ता देखि वहाहरु जानुहुन्छ भन्ने कुराले ज्यादै नराम्रो लागि राखेको छ ,मेरो दैनिकीलाइ प्रभाब पारी राखेको छ । सोच्छु, बुढा बाउआमा तिई पर नेपाल जादा त एस्तो पिडा हुन्छ, ति मान्छे जसले अकालमा आफ्नो छोरा,भाई श्रीमती या अन्य कुनै परिवारका सदस्य सादाकालागि गुमाउदा कस्तो हुदो हो? पलपल मरेर उनीहरु कसरी बाँचेका होलान ? खिन्नता झनै तिब्र भएर आऊछ ।
 
Posted on 03-15-22 3:29 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kattu Maile bhaneko maanchas bhane umrika lai FU bhanera sadaiko laagi Nepal jaa. Yo sansar ma aatma santushti bhanda Arun thulo legit chaina . Tero jindagi yaha na katla bhandina ma .. aaram sita kat cha tara aafno bau aama sanga Ko pal ra khusi kaile farkera aaudaina, Kaile aaudaina . Maile bhaneko maan . Pachi yesto na soch ki mera baa aama huda ma yaha thye ….. 🕉bhagwan kattu lai strength dinus
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters