santoshlmn

More by santoshlmn
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

localboy

Keyser Soze
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 चामल खानेहरू र चौलानी पिउनेहरू
[VIEWED 12379 TIMES]
SAVE! for ease of future access.
Posted on 09-27-15 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्यप्रेमी साथीहरूलाई एउटा सानो खबर लिएर आएको छु | आशा छ नेपाली साहित्य र नया लेखकहरू माथि सद्भाव राख्नुहुनेछ |

"चामल खानेहरू र चौलानी पिउनेहरू" प्रकाशित र विमोचित / 'Porridge Eaters and Gruel Drinkers' Published

२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने "विजय मल्ल साहित्य साँझ" कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित 'चामल खानेहरू र चौलानी पिउनेहरू' को बिमोचन पनि भएको छ | कविता संग्रह 'जनमत प्रकाशन' काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि समेटिएको छ |

कविकी आमा भवानी लामिछाने र लोक गायक हिरण्य भोजपुरेले संयुक्त रुपमा उक्त कृतिको बिमोचन गर्नुभएको थियो | कार्यक्रमको अध्क्ष्यता मैत्री सङ्घका अध्यक्ष पूर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकर दिनार रनादीले लेखकको परिचय दिनु भएको थियो | त्यसैगरी साहित्यकार राजेन्द्र अर्यालले 'चामल खानेहरू र चौलानी पिउनेहरू' को समिक्षा गर्नु भएको थियो | कार्यक्रमको संयोजन आविस्कार भारतीले गर्नु भएको थियो |

देब्रेबाट दिनार श्रेष्ठ, राजेन्द्र अर्याल, सन्तोष लामिछाने, भवानी लामिछाने, हिरण्य भोजपुरे  र पूर्ण श्रेष्ठ


कार्यक्रममा हिरण्य भोजपुरेसंगै उहाँको सहकर्मी तथा जीवन संगिनी उर्मिला श्रेष्ठको लोक गीत पनि समावेस थियो | कार्यक्रममा बालकविता प्रतियोगिता र नियमित कविता प्रतियोगितामा राम्रा राम्रा कविता बाचन गरिएको थियो | थुप्रै अप्रतियोगी कविता पनि कार्यक्रममा समाबेश थिए |

कविता संग्रहमा केही कविता अंग्रेजीमा पनि अनुवादित छन् | सो संग्रहलाइ "Porridge Eaters and Gruel Drinkers" शिर्षकमा Amazon.com भन्ने अनलाइन बिक्रेताको वेभपेजमा पनि उपलब्ध गराइएको छ |

http://www.amazon.com/Porridge-Eaters-Gruel-Drinkers-Collection/dp/9937299837/ref=sr_1_1?ie=UTF8&qid=1443366438&sr=8-1&keywords=porridge+eaters

Last edited: 28-Sep-15 10:53 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters