amirsubedi

More by amirsubedi
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 विश्वकप र पहाडी क्रिकेट
Keywords associated with this thread

Cricket Story Intresting New Nepal Paras Khadka
[VIEWED 9355 TIMES]
SAVE! for ease of future access.
Posted on 04-03-14 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होलीको दिन प्रायः काठमाडौँ सबै रंगले रंगिने गर्थ्यो । तर, यसपालीको होलीमा काठमाडौँको स्वरुप अलिक फरक थियो। किनकी, क्रिकेटका हामीजस्ता फ्यान होली भन्दा पनि बेलुका हुने हङकङसँगविरुद्ध खेलको प्रतीक्षामा थियौ।

नेपाल पहिलो पटक विश्वकप खेल्दै थियो। मन त्यसै फुरुङ्ग थियो ।

जब खेल सुरु भयो त्यसको अनुभव बयान गरि साध्य थिएन।

जितेन्द्र मुखियाको १७ औ ओभरको अन्तिम बलसँगै एउटा इतिहास बनेको थियो। जितको इतिहास ।
सधै हाम्रा केटाहरुले राम्रो खेले मात्र भन्ने कप्तान पारस खड्का यो जितलाई ‘गिफ्ट टु आओर पिपुल’ भन्दै थिए । म अनि सँगै खेल हेरिरहेका सबैको खुसीको सिमा थिएन। सडकमा स्वःस्फुर्त रुपमा मानिसहरु जम्मा भएका थिए । बानेश्वर चोकमा भीड नियन्त्रण गर्न खटेका प्रहरी समेत भिडसँगै नाच्दै थिए। कोठामा आए, फेसबुकको पेज हुर्रे र जितको खुसिले भरिएका थिए ।

अमेरिकाबाट दाईले नेपालमा आफू नभएकोमा दुःख लागेको कुरा गर्दै गर्दा मेरो बाल्यकालको क्रिकेट अनुभव सम्झेँ।

म ८ - ९ वर्षको हुँदाको कुरा हो । कास्कीको पहाडी भेगमा रहेको मेरो गाउँमा क्रिकेट भन्ने नै थाहा थिएन।

टिभी रेडियो त थियो तर त्यसमा दिने समाचार केटाकेटीमा कसले सुन्ने?

एउटै मात्र माध्यम जसबाट मैले क्रिकेटको बारे अलि अलि थाहा पाए त्यो थियो मुना पत्रिका, जसमा राहुल द्रविडको बारेमा लेखिएको हुन्थ्यो ।

बल, ब्याट, विकेट र रन शब्द मैले त्यहीँबाट थाहा पाए।

गाउँका दाईहरु पनि कहिले काहीँ कुरा गर्थे, ‘क्रिकेटको बल हात्तीको दाँतबाट बन्छ रे’। ‘क्रिकेटको ब्याट पाटी जस्तै हुन्छ रे’ आखिर सबै रे रे का कुरा थिए।

मलाई आफूसँग क्रिकेटको एउटा बल भैदिए हुन्थ्यो भन्ने लाग्थ्यो तर न गाउमा बल थियो न हात्ती नै। यस्तैमा एकदिन मैले कतैबाट एउटा बल भेटे।

सेतो, साह्रो बल सायद गल्फको थियो, पोखराबाट घुम्न आएको कुनै पर्यटकले छाडेको थियो । तर, मलाई के थाहा के को बल हो? मैले सोचेँ यहि क्रिकेट बल हो। अनि सुरु भो मेरो क्रिकेट । मैले साथीहरुलाई बल र क्रिकेटको बारे आफूले जानेको कुरा भने अनि घरमा कोहि नभएको सोझो अम्बाको रुख काटेर पाटी आकारको ब्याट बनाए।

बेलुका आमा आएर गर्नसम्म गाली गर्नु भो । मैले बनाएको पाटी ब्याट घरबाट तल खरबारीमा फालिदिनु भयो । म भित्रको क्रिकेटरले जन्मन नपाउदै सजाय पायो।

त्यसपछि त २/४ दिन केहि सोच्नै सकिनँ । अनि फेरि खरबारीमा गएर ब्याट खोजे, सिलटिमुरका हाँगा भाँचेर विकेट बनाए अनि हान्निए मनेगरा तिर।

मनेगरा गाउँको सबैभन्दा ठूलो खेत थियो जहाँ हाम्रो गाउँका पेलेहरु जन्मन्थे।

त्यस दिनबाट नयाँ खेल सुरु भयो। हामीलाई बल फाल्ने र ब्याटले हान्ने तरिका समेत थाहा थिएन।
त्यसमाथि क्रिकेट अलि सुनेको म मात्र । रन र विकेट त झन् के थाहा हुनु ।

अनि मैले आफ्नै तरिकाले नियम सुनाउन थाले । एक जनाले ब्याटिङ गर्ने अर्को रनर बस्ने । एउटा बलर बाँकी सबै फ़िल्डर । हाम्रो क्रिकेटमा दुईजना दुईतिर बाट दौडे पछि २ रन हुन्थ्यो, ब्याट्सम्यान आउट हुन स्टाम्प ढल्नु पथ्र्यो जसलाई हामी विकेट नै भनेर बुझ्थेउ।

एउटा बलरले कति विकेट लिने भन्ने कुरा स्टाम्प ढल्नेमा निर्भर हुन्थ्यो। स्टम्पको बेलसमेत गरि जम्मा ५ विकेट गनिन्थ्यो र जतिवटा बेल र स्टाम्प ढल्यो त्यती विकेट लिएको मानिन्थ्यो। त्यसैले विकेट नढलोस भनि हामी दह्रो गरेर डन्डी गाड्ने गर्थ्यौ। बलरले एउटै बलमा ५ विकेट सम्म लिन सक्थ्यो ।
हामी क्रिकेट पनि कब्बड्डी झै खेल्थेउ ।

यदि कुनै ब्याट्सम्यान आउट भएमा २५ रन तिरेर फेरि अन हुन पाउथ्यो।

अझ रमाइलो के थियो भने हाम्रो क्रिकेटमा बलरले पनि रन बनाउथ्यो। एक विकेटको २५ रन गनिथ्यो त्यसले गर्दा प्रायः खेलमा बलरको रन ब्याट्सम्यानको भन्दा धेरै हुन्थ्यो ।
बिस्तारै क्रिकेटका नियम थपिदै गए । थप्ने चाही म नै हुन्थे । जब मेरो टिम हार्न थाल्थ्यो म नियम बनाउँथेँ । यहीँ कसैले हुन्न भन्यो भने म ब्याट, बल बोकेर हिड्न थाल्थे अनि सबै जना मानिहाल्थे।
पहाडका गरामा बल हान्दा निकै तल जान्थ्यो । त्यस्ले गर्दा फ़िल्डरलाई खुब गारो हुन्थ्यो ।
यो समस्या हल गर्न नयाँ नियम बन्यो ब्याटिंग गर्दा तल तिर हाने आउट । अनि बल लिन ब्याट्सम्यान जाने।
माथितिर भने रन गन्ने तरिका फरक थियो एउटा गरा काटे २ रन, दुइटा कटे चौका, तीनवटा काटे छक्का। पछि पछि तासमा झै थपिदै गयो ४ वटा काटे अठ्ठा ५ वटा काटे दहर।

अझै नपुगेर अर्को नियम बन्यो बल र ब्याट हुने टिमको ५० रन तेसै हुने।

त्यसले गर्दा मेरो टिमलाई फाइदा हुन्थ्यो । अर्को टिमले ब्याट बनाउन सक्थ्यो तर बल नहुँदा उसको २५ रन मात्र हुन्थ्यो । त्यसपछि मलाई आफ्नो टिममा लिन तानातान हुन थाल्यो ।

५ - ७ महिना पछि अचानक एकदिन स्कुलको चौरमा खेल्दै गर्दा हाम्रो बल तल झाडीमा गएर हरायो । केही समय झुम्राको बलले खेल्यौ । हामीले खेलेको देखेर बुवाले पोखरा जाँदा एउटा टेनिस बल लिएर आइदिनु भयो।

नियम र खेल पनि थाहा हुँदै गयो, हामी सुधरिदै गयौ , बलरले रन बनाउन छाडे।

यसै बीच म पढ्नको लागि काठमाडौ’ आएँ , अनि यहाँको वातावरणमा क्रिकेटको थप ज्ञान सिके। मेरो क्रिकेट मोह त बढ्यो तर मेरो क्रिकेट क्षमता त्यति सारो मौलाउन सकेन। तैपनि मेरो क्रिकेटको लगाब अझै घटेको छैन । त्यसमाथि राष्ट्रिय टिमको प्रदर्शनले अझै उत्साह थपेको छ ।

नेपालले क्रिकेटको विश्वकप जितेको हेर्ने हेर्ने इच्छा छ । नेपाली क्रिकेट टिमलाई, त्यस टिमका कप्तानलाई अनि मैले जस्तै गरी गाउँ गाउँमा क्रिकेट सिक्दै गरेका कति होलान? ती सबैलाई हृदय देखि नै शुभकामना ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters