[Show all top banners]

Rajanthapaliya

More by Rajanthapaliya
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा "एक युग" # राजन थपलिया
[VIEWED 7066 TIMES]
SAVE! for ease of future access.
Posted on 08-24-13 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

उमेर को हिसाब गर्दा, उमेर ले भर्खर ३० लागे पनि एक युग बाचे जस्तो लाग्छ । जब जिन्दगी को कठिन पाना हरु पढ्न थालेको अनुभव हुन्छ तब एकान्तमा टोलाई रहदा कता कता कसै लाई माया साचे जस्तो लाग्छ । सबनम मेरो हरेक धड्कनमा धड्किने गित संगीतको धुन हो । जस्लाई म दिन रात गाइ रहन्छु । बच्चामा कयौ दिन घर बाट भागी-भागी टाढा-टाढा खेल्न जान्थ्यौं, कयौ दिन बगर-बगर दौडदै नांगै पौडी पनि खेलियो । हामी लाई खोज्न भनेर आमा बुवा हरु कहाँ-कहाँ सम्म पुग्नु हुन्थ्यो। ति बल्याकाल को सम्झना आज पनि उस्तै छ । अनि उनि प्रती मेरो व्यबहार आज पनि उस्तै छ, जस्तो हामी हिजो थियौ । अलि उमेर बढदै गए पछी म, उनि आउने बाटो कुर्दै साथी हरु माझ कुनै न कुनै स्टाइल देखाइ रहेको हुन्थे ।
 

उनि भने मुसुक्क हाँस्दै आफ्नो बाटो लाग्थिन । जब कलेज को पढाई सकियो अनि हामी यती स्व्तन्त्र भयौ कि पुरै दिन हरु रंगीन थिए कुनै बन्देज थिएन जिबनमा, अनि म शहर को चर्चित गायक भइ सकेको थिए । अनि सङ सँगै ईन्जिनियरिङ को पढाइ पनि भइ रहेको थियो । शहर मा  मेरो गित संगीत को चर्चा जता ततै थियो । हजारौ फ्यान हरु को बिचमा आफु लाई पाउदा यो जुनि सार्थक भए जस्तो लाग्थ्यो । तर पनि मुटु को धड्कन मा उनि नै थिईन जस्लाई म गित नै सम्झेर हर दिन गाइरहेको छु । प्रिय सबनम कती मनको कुरा हरु तिमी ले म सँग खुलेर भन्नै सकेनौ, मैले सुनेको थिए, अनमोल जस्तो स्टार ले म जस्तो सरल मान्छे लाई के हेर्छ होला र अब त ? आज मुखै फोरेर भनेउ तर के तिमी लाई थाहा छ सबनम, म मेरो मन भित्र तिम्रो कत्रो तस्बिर लिएर बाचेको छु ।
 

फेरी सबनम ले भनिन होईन डियर मलाई पनि तिमी बिना को पल हरु सुन्य-सुन्य लाग्छ। अनि कहिले कही एक्लैं सोच्छु हामी किन एक अर्का प्रती यती प्रिय भयौ । 
 

समय हरु बित्दै गए पल हरु फेरिदै गयो । एक दिन उनि पढ्न भने र बिदेश गइन । मैले पनि निकै प्रयास गरे तर मलाई भिजा दिएन । सबै कोसिस हरु असफल हुँदै गयो ।   म पनि उनि सँग जाने सोच मा थिए तर जिन्दगी मा सबै चाहे जस्तो कहाँ हुन्छ र ? अनि नया जोश जागर लिएर स्वदेश मै केहि गर्ने सोच लिइ ईन्जिनियरिङ पढ्दै थिए । क्रमस कती छिटो एक बर्ष बितिसके छ । साथी हरु भन्थे अब सबनम लाई बिर्सिदे यार, प्रियंका ले तलाई कती मन पराउछे उसको प्रेम लाई स्विकार गर अनमोल, पास्ट लाई भुली दे तर मेरो मन मानेन जसरि सबनम बिदेश ग इन उनै सँग मेरो मन पनि बिदेश गयको थियो । मेरो हरेक पल मा होस या सपना बिपना मा उनि नै थिइन म कसरी भुलु । म उनि हरु सँग बिल्कुन सहमत थिइन । मलाई बिश्वाश छ, सबनम अबश्य फर्की आउने छिन, केबल मेरो लागि ।
 

केहि समय पछी सबनम नेपाल आइन्, निकै रमाइलो भयो । त्यो समयमा यौबन ले हागा फिजाउदै गर्दा बिपरित लिङी प्रती आकर्षण बढदै थियो । झमक्क साझ अनि पानी पर्दै थियो, बर्षौं पछी को मिलन  अनि अनमोल को ब्यक्तित्व ले निकै प्रभाबित थिइन । भाव बिभोर हुँदै सबनम को मन अनमोल प्रती समर्पित भइसकेको थियो । पहिलो भेट मै सबनम ले चुम्ब्न गरिन अनमोल ले प्रतिकार गरेन किनकी उ पुरुष थियो । त्यस पछी अनमोल ले सबनम को अनुहार तिर लर्केको कपाल सुम्सुम्याउदै अंगालोमा लिदै भन्यो - यो सुन्दर अनुहार मा मेरो ओठ कहाँ राखु सबनम्, म तिमी सँग प्रेम मात्र होईन विवाह गर्न चाहन्छु । बिस्तारै सबनम ले यौबन को खेल लाई सहज रुप मा स्विकार्दै एक पूर्ण नारी भएको प्रथम पटक अनुभव गरिन । यो बायोलोजिक दर्शन हो । जब सम्मन मनिस हरु यौन लाई सहज रुप मा स्विकार्न सक्दैनन तब सम्म समाजका भलादमि भनउदा हरु मौका पर्ना साथ बलत्कार को योजना हरु बुनी रहन्छन ।
 

एक महिना पछी सबनम अमेरिका फर्किन त्यसपछी का दिन हरु फेसबुक मा मात्र सिमित भयो । सबनम ले भनिन- Do you miss me अनमोल? अनि अनमोल भन्दै थियो- तिम्ले मिस गर्ने मौका नै दिइनौ सबनम, कसरी भुलु ति याद हरु लाई । मिस गर्न त भुल्न सक्नु पर्‍यो नि । मेरो हरेक दिन तिमी बाटै सुरु भइ तिमी बाटै अन्त्य हुन्छ सबनम । ईन्डिया मा अनमोल माइन खानी को ईन्जिनियर भइ काम गर्दै थियो । त्यतिकैमा अनमोल ले भन्यो सबनम मेरो अफिस जाने टाइम भयो बाइ सि यु ।
 

सबनम पढाई मा नै ब्यस्त थिइन । ३ महिना पछी CNN मा न्युज हेर्दै थिइन अचानक  एक्स्क्लुसिभ न्युज आयो । ईन्डिया मा माइन खानी बिस्फोट भयो भनेर क्रमस मृतक को नाम मा अनमोल को नाम पनि आयो । एक छिन त सबनम लाई आफुले टेकेको धर्ती भासिए जस्तो लाग्यो । आकाश ले थिचिए जस्तो लाग्यो । आफै मरे जस्तो कता कता चक्मन्न अधयारो लाग्यो जिन्दगी । रोइ रोइ आसु नै सकियो उनको, यो समाचार गलत भइदिए पनि त हुन्थ्यो जस्तो लाग्यो उन लाई । अनमोल मरे पनि उस्को बाटो हेर्न भने कहिले छोडिनन उनले । सबनमको ममी सम्झाउदै हुनु हुन्थ्यो- नानु मरेको मान्छे फर्केर आउने भए कस्को आखामा आसु हुन्थ्यो र ? त्यो सम्भव नै छैन । छोरी बिर्सेदेउ अब उसलाई उ त अब अतित भइसक्यो, जो सम्झनामा मात्र सिमित छ ।
 

केहि बर्ष पछी सबनम आफ्नो पढाई सकी नेपाल फर्किन । घर मा विवाहको कुरा चली रहेको थियो । केहि दिन पछी आर्मी अफिसर सँग विवाह हुने कुरा पक्क भयो ।विवाह नजिकिदै जादा  घर हरु चोक गल्ली हरु समेत झिलिमिली पारिएको थियो ।एक दिन दुइ दिन हुँदा-हुँदा सबनम को मनको घाउ अलि हल्का हुँदै गइ रहेको थियो । उनी पनि खुशी थिइन । मन मा उमङग को हरियाली छाइ रहेको थियो । तर शहर भरी चर्चित गायक अनमोलका गित हरु बजी रहेका थियो। सरकार ले यस्ता महन गायकको सम्झनामा सालीक बनाउने निर्णय गर्‍यो । केहि दिन पछी शहरको प्रमुख स्थान हरु मा गायक अनमोलको सालीक बन्यो । सबनमको विवाह क्रमस सकियो त्यस पछी बेहुला-बेहुली चडेको कार शहर परिक्रमा गर्दै  बेहुलाको घर जादै थियो । तर गायक अनमोल को सालीक चोक मा पटक-पटक देख्दा बिगत सम्झी सुक्क-सुक्क को आवाज आइ रह्यो । कार बाट माछा पुछ्रे हिमालको दृश्य देखे पछी झनै उनको आखा रसायो । अनमोलले भने को कुरा याद आयो- “सबनम यदी म मरे भने पनि त्यो हिमालमा हेरी राख म त्यही मुस्कुराइ रहेको हुने छु।” आफु निकै बलिस्ठ र पावर फुल ठान्ने आर्मी अफिसर रोचन बिक्रम राणा मस्त जवानी सँगै उनि रातको प्रतिक्षामा थिए । उनी आफु निकै बरिस्ठ ठान्थे । तर सबनम भने उनले जती पगाल्न खोजे पनि पग्लिन सकी रहेकि थिइन । त्यसरी नै उनि हरु को विवाह को २ बर्श बित्यो । एक दिन दुस्मन सँग मुठ भेट हुँदा मेजर रोचन बिक्रम को देहान्त भो । त्यस पछी सबनमको जिन्दगीमा कालो बादल लाग्यो । दुनियाले कुरा कट्न थाले समाज मा मुख देखाइ बाच्न निकै गह्रो हुँदै गयो । अन्तत उनि अब त्यो घर कहिले नफर्किने निर्णय गरेर माइती फर्किन ।

बेहोसी बिरामी हरु को होस आए पछी कोमा बाट आज निकालिएको थियो । बिरामी नम्बर ५८० लाई बोलाईयो । तर उनको अझै पूर्ण मस्तिस्क सन्तुलन म आइ सकेको थिएन । छट्प्टाउदै त्यो बिरामी केहि खोजी  रहेको थियो । अचानक एक दिन उस्को ब्याग बाट एउटा सुन्दरी स्त्री को फोटो भुइ मा खस्यो । एक छिन टोलाएर हेर्दै थियो । उस्ले चिने जस्तो पनि गर्‍यो फेरी अर्को दिन त्यो फोटो हेर्यो । अनि उस्लाई बिगत को सम्झना हुँदै गयो । एकदिन उ पूर्ण रुप मा पहिला को जस्तै  स्वस्थ भयो । अनि उ घर फर्किने निर्णय गर्‍यो । अनमोल भर्खर उमेर ले ३५ लागे पनि ६० बर्श को बुडो जस्तो देखिए को थियो । हिजो को जस्तो अनमोल आज थिएन । उस्का छाला हरु निकै चाउरी परेको थियो । हिजो बाटो म हिड्दा अटोग्राफ मग्ने हरु उस्लाई चिन्न छोडी सकेका थिए । साझ ६ बजे तिर बस बाट झरेर अनमोल घर जादै थियो । उ आफ्नो गाउ-ठाउ सम्झदै बगर-बगर घासे मैदन्, भञ्ज्याङ चौतारी हुँदै गइरहेको थियो ।  । सबनम पनि माइती फर्किदै थिइन । कस्तो सम्योग एकै दिन फेरी उहि बाटोमा । सबनम पछी पछी अनि अनमोल अघी अघी थिए । मात्र ५ मिनेट समय को दुरी थियो । सबनम हिड्दै गर्दा केहि बर्श अघी हराए को औठी सबनम ले आज त्यही बाटो मा पाइन । त्यो औठी अनमोलले एयरपोटमा छुटिने बेला ५ बर्श अघी दिएको थियो । सबनम को आखा भरी आसु ले भरियो । अनमोल ले भने को कुरा याद आयो- “सबनम यदी म मरेर गए भने पनि यो औठी ले तिम्लाई मेरो याद दिलाई रहने छ।” त्यो कुरा हरु सम्झदै सबनम भाब बिहल भइन ।
 

अनमोल भने सबनम लाई भेट्न निकै आतुर थियो । सबनम को विवाह भइसके को भन्ने कुरा केहि थाहा थिएन । नया आशा र उमङग बोक्दै ऊ सबनम लाई भेट्न चाहन्थ्यो ।  बाटो मा थकाइ मार्न  एकै चिन चौतारी मा लामो सास  फेर्दै बस्यो । सबनम बाटो मा हिड्दै थिइन् । बाटो बाट माछापुच्र्छ्रे हिमाल देखियो । पहिला अनमोल र सबनम त्यो हिमाल हेर्दै भने को कुरा याद आयो । सबनम म मरे भने त्यो हिमाल मा हेरी राख है म त्यही हुने छु । तिमी हेर मात्र म त्यही बाट मुस्कुराउने छु । यस्ता अनेक सम्झना हरु ले सताउदा सताउदा सबनम  सिथिल भइ सकेकि थिइन । हिड्दै-हिड्दै चौतारी आइ पुगयो । घर आउन अब ५ मिनेट मात्र बाकी थियो । अनमोल ले सबनम लाई देख्यो तर चिन्नै सकेन । सबनम ले पनि अनमोल लाई चिन्नै सकिनन । कोही बटुवा हरु जस्तो लाग्यो तेसैले सबनम आफ्नो बाटो लाग्दै थिइन । कतै अनमोल त होईन,,, उसलाई दुबिधा भयो, फेरी त्यो मान्छे तिर फर्किन्, अनमोल ले ठम्याइ सकेको थियो । अनमोल ले भन्यो, प्रिय सबनम मरी सके को मान्छे लाई जिउदो देखेर अचम्म लाग्यो होला । प्रिय मलाई तिम्रै मायाले यहाँ सम्म डोर्यायर ल्यायो । कोमा मा थिए ३ बर्श पछी होस आयो, आज घर फर्किदै छु । त्यसो भनि रहदा सबनम को  आखा भरी आसु को धारो बगी रह्यो । म तिमी लाई यो के रुप मा देख्दै छु । समय ले हामी लाई कुन बिन्दु मा लगेर छुटाइ दियो । मलाई माफ गर अनमोल मलाई यो सपना जस्तो लागि रहेको छ । यो कुनै सपना होईन सबनम, खानी मा धेरै मान्छे मरे, म आस्पताल मा निकै सिकिस्त भएर भर्ना भए को थिए मेरो होस हराएको थियो । तर समाचार मा त मरी सकेको भनेर आएछ ।
 

सबनम्:  आखा भरी आसु टिलपिल टिलपिल पार्दै सबनमले भनिन - “अनमोल म हिजो पनि तिम्रै थिए आज पनि तिम्रै हु” यस्तो भन्ने आधिकार त अब मलाई छैन । तर समय र परिस्थिति ले मेरो भाग्य लुट्यो । मलाई थाहा छैन म जिउदो छु कि मरी सके । हे भगवान अब म के गरु “मुर्खको स्वास्नी भएर बस्नु भन्दा ज्ञानी मान्छेको दासी हुनु राम्रो।” मलाई जिबन भर तिम्रो नोकर भएर बस्नु परे पनि स्विकार छ । मेरो बाकी जिबन म तिमी लाई नै समर्पण गर्न चाहन्छु । प्लिज नाइ न भन्नु ल ।
 

अनमोल:  हिजो तिमी मेरो मनमा जुन स्थानमा थियौ आज पनि त्यही छौ र सदा रही रहने छौ । मन धमिलो पारेर आफु लाई कमजोर नपार । बिगत लाई भुलिदेइ सबनम बिगतमा फर्कन मिल्दैन । मेरो दिलको ढोका तिम्रो लागि सधै खुल्ला छ । म तिमी लाई स्विकार्न तयार छु । आउ अब हामी सोक लाई शक्तीमा बदलौ ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters